दफा १०
समितिको लेखा र लेखापरीक्षण

१०. समितिको लेखा र लेखापरीक्षण

(१) समितिको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राख्नु पर्नेछ ।
(२) समितिको लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ ।
(३) मन्त्रालयले चाहेमा जुनसुकै बखत समितिको आय व्ययको लेखा, तत्सम्बन्धी कागजात र अरु नगदी वा जिन्सी जाँच्न वा जँचाउन सक्नेछ ।